घरको जग खन्दा ढिस्कोले पुरिएर एकजना मजदूरको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानीमा घरको जग खन्दा ढिस्कोले पुरिएर मजदूरको निधन भएको छ । निधन हुनेमा दोलखाको जिरी नगरपालिका–२ घर भएका २० वर्षीय इन्द्र श्रेष्ठ छन् ।

भिरालो जमिनमा घरको जग खन्दा ढिस्को खसेर श्रेष्ठको निधन भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए ।

ढिस्कोले पुरिएर ३५ वर्षीय धनबहादुर मगर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । धनबहादुरको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार