भारतको सीतामढीमा भेटिए हराएका सात बालिका

काठमाडौं । घाँस काट्न गएको बेला बेपत्ता भएका सात बालिका/किशोरीहरु भारतको सीतामढीमा भेटिएको भंगहा नगरपालिकाका प्रमुख संजिव कुमार शाहले जानकारी दिनुभयो ।

अहिले उनीहरु सकुशल रहेको शाहले बताउनुभएको छ । सीतामढीमा भेटिएका उनीहरुलाई कानुनी प्रक्रिया पुरा गरेर ल्याउने तयारी गरिएको उहाँले बताउनुभयो । उनीहरुलाई नेपालबाट गएको प्रहरीको टोलीले भेटिसकेको शाहले बताउनुभयो । ती बालिका तथा किशोरी सीतामढीमा भेटिएको जानकारी पाएपछि नेपाल प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेका थिए ।

भेटिएको खबर पाएपछि प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहको टोली सीतामाढी गएका छन् । किन र कसरी उनीहरु सीतामढी पुगे भन्ने विषय अहिले नखुलेको नगर प्रमुख शाहले बताउनुभयो । उहाँले नेपाल ल्याएर थप अनुसन्धान गरेपछि उक्त कुरा खुल्ने बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार