चालू आर्थिक वर्षभित्रै बाँकी सबै तुइन हटाउन निर्देशन

काठमाडौं । चालू आर्थिक वर्षभित्रै सबै तुइन विस्थापन गरिसक्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले निर्देशन दिनुभएको छ। दुर्गम क्षेत्रका स्थानीयलाई सहज आवतजावतको व्यवस्था मिलाउन तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्न मन्त्री ठगुन्नाले निर्देशन दिनुभएको हो ।

मन्त्रालयले दोस्रो चौमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समाधान समितिको बैठकमा मन्त्रीले सो निर्देशन दिनुभएको हो । उहाँले अहिलेसम्मको बजेट प्रगति खर्चलाई सन्तोषजनक भन्नुभएको छ ।

अन्तर मन्त्रालयको प्रभावकारी समन्वय हुन नसक्दा आयोजना र कार्यक्रम सञ्चालनका लागि समयमै कार्यविधि बन्न नसकेको भने मन्त्रालयले स्वीकार गरेको छ । चालू आर्थिक वर्षमा २९ अर्ब ९ करोड २६ लाख बजेट बिनियोजन गरिएको थियो । दोस्रो चौमासिक सम्म छुट्याइएको बजेटमा ४ अर्ब १५ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ ।

२०७२ असोजमा सरकारले तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने निर्णय गरेको थियो । जतिबेला प्रधानमन्त्री केपी शर्माओलीले पद बहाली गर्दै थिए । तर अहिलेसम्म पनि उनैका मन्त्रीहरु तुइन विस्थापन गरौ भन्दै निर्देशन दिइरहेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार