जाजरकोटमा यातायात मजदुरबीच झडप, एक युवकको मृत्यु

सुर्खेत । जाजरकोटमा यातायात मजदुरबीचको झडमा एक जना युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप भएको हो ।

झडपमा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले बताएको छ । उनको शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार दिउँसो फेला परेको जाजरकोटका डीएसपी मधु थापाले बताए । जाजरकोट–डोल्पा यातायात समितिका मजदुरबीच गाडीको रुटको विषयमा विवाद भएपछि झडप भएको हो ।

झडपका क्रममा नलगाड-४, कै सुजन कार्की र विकास रावल घाइते प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनामा संलग्नको आरोपमा ६ जनालाई पक्राउ गरेको । उनीहरुलाई सदरमुकामतर्फ ल्याइएको डीएसपी थापाले जानकारी दिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार