भारतबाट आएका सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण

सुदूरपश्चिम । भारतबाट आएका सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण भेटिएको छ । कैलालीको त्रिनगर नाका हुँदै नेपाल फर्केका उनीहरुमा नयाँ भेरियन्टको कोरोना भेटिएको हो ।

उनीहरुको स्वाब राष्ट्रिय जनस्वास प्रयोगशालामा परीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

एक साताअघि उनीहरुसहित २० जनाको स्वाब संकलन गरी जाँच गरिएको थियो । संक्रमितहरु कञ्जनपुर, डडेल्धुरा र डोटीका हुन् । उनीहरु तीनै जना अहिले होम आइसोलेसनमा रहेका छन् । गौरीपन्टा हुँदै स्वदेश फर्केका सबैको भने कोरोना परीक्षण गरिएको छैन । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार