ललितपुर । ललितपुर महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको एक गेष्ट हाउसमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । खुमलटारमा रहेको गेष्टहाउसमा दुईजना मिलेर सामुहिक बलात्कार गरेका हुन् ।
बलात्कार गरेको आरोपमा जुम्ला घर भएका १९ वर्षीय धीरेन्द्र रोकाया र कैलालीका २६ वर्षीय सीताराम चौधरीलाई पक्राउ गरिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।
परिचित किशोरीलाई उनीहरुले शुक्रवार साँझ गेष्ट हाउसमा बोलाएर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपी सो गेष्ट हाउसका कामदार हुन् । रातोपाटीबाट