चितवन । चितवनमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गाडी अनियन्त्रित भई कल्भर्टबाट खाल्डोमा खस्दा दुई जना यात्रुको मृत्यु भएको छ । आज विहान भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी सडकको कल्भर्टबाट खाल्डोमा खसेको थियो ।
दुर्घटनामा अन्दाजी ४५ र ५५ वर्षका पुरुषहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दोर्जि गाउँपालिका–३ बस्ने ३१ वर्षीय विनोद गुरुङ र रसुवाको कालिका –२ बस्ने १९ वर्षीय प्रदिप घिमिरेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । म्याजिक चालक भरतपुर–१९ शारदानगर बस्ने ३५ वर्षका रमेश थापको दुबै खुट्टा भाँचिएर चितवन मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
भरतपुर–६ बस्ने ४७ वर्षीया शारदा परियार, भरतपुर –२१ पार्वतिपुर बस्ने ४८ वर्षीय कुमारी बिक, भरतपुर–१९ शारदानगर बस्ने ३२ वर्षीया बबिता गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । भरतपुर–१९ रामपुर बस्ने २४ वर्षीय अनुप लामाको रामपुरस्थित स्थानस्य मेडिकलमा उपचार भइरेको प्रहरीले जनाएको छ । नागरिक खबरबाट