![](https://myagdinews.com/wp-content/uploads/2021/04/170687421_10217987456108971_5393770903232032371_n.jpg)
बेनी । नेकपा एमाले (ओली) समुहको भातृ संगठन राष्ट्रिय युवा संघ म्याग्दीको जिल्ला संयोजकमा एकजित रोका मगर चयन हुनुभएको छ । आइतबार बेनीमा सम्पन्न युवा संघको दोस्रो बिस्तारित बैठकबाट रोका मगरको संयोजकत्वमा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।
यसैगरी ,कमिटिको सहसंयोजकमा बिजय घर्ति मगर ,सचिवमा शिशिर शाही ,कोषाध्यक्षमा लक्ष्मण कटुवाल ,सहकोषाध्यक्षमा प्रदिप तिलिजा र सहसचिवमा महेन्द्र बोहोरा चयन हुनुभएका छ । निवर्तमान अध्यक्ष प्रविण शाहीको अध्यक्षता ,पुर्व अध्यक्ष दिनेश केसीको सञ्चालन र केन्द्रीय सदस्य तथा धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष सन्तोष रावल र नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो । भेलाले जिल्लाका ६ वटै स्थानीय तहमा संयोजक र सहसंयोजक समेत चयन गरिएको छ ।