![](https://myagdinews.com/wp-content/uploads/2020/10/congress.jpg)
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘वरिष्ठ नेताज्यूको भाइको निधन भएकाले आजको बैठक स्थगित गर्न सभापतिले भन्नुभयो । अब अरु सल्लाह गरौंला यो बीचमा भन्नुभयो । त्यसलै आजको बैठक स्थगित गरिएको छ ।’
अब बैठक कहिले बस्छ भने कुरा सोमबार साँझ मात्र थाहा हुने उहाँले जानकारी दिनुभयो । क्रियाशील सदस्यता वितरण, नवीकरण तथा समायोजन सम्बन्धित कुरा बैठकको एजेण्डा थिए । रातोपाटीबाट