काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित एक निर्माणाधीन घरको पानी ट्यांकीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। आइतबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा बालिका अन्डरग्राउन्ड पानी ट्यांकीमा डुबेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्ष बस्नेतले जानकारी दिनुभयो।
दाङकी ५ वर्षीया रोशिका चौधरीको मृत्यु भएको हो। बालिका डुबेको देखेपछि उनलाई मदरल्यान्ड अस्पतालमा पुर्याइएको थियो। त्यहाँ पुर्याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको डिएसपी बस्नेतले बताउनुभयो।
दाङ बस्ने उनीहरू केही समयअघिमात्रै काठमाडौंमा आमाको उपचारका लागि आएका थिए। मृतकका बुवा सो घरमा काम गर्थे। त्यसैक्रममा बालिका पानी ट्यांकीमा डुबेकी हुन् । बालिकाको शव पोष्टमार्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। सेतोपाटीबाट