उदयपुर । उदयपुरमा एक महिलाको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। उदयपुर कटारी नगरपालिका-४ सिम्लेकी ३९ वर्षीया मनकुमारी मगर दनुवारको करेन्ट लागेर सोमबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार बेलुका साढे ५ बजे घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर दनुवार घाइते भएकी थिइन्। उपचारका लागि शान्ति हेल्थ केयर मिर्चैया सिरहा पुर्याउँदा दनुवारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। सेतोपाटीबाट