काठमाडौं । सप्तरीमा भैंसीले घिसार्दा एक जनाको मृत्यु भएको छ। बलान बिहुल गाउँपालिका-३ महुवा टोल बस्ने जयावतीदेवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।
सोमबार राति पौने ७ बजे मण्डल खेतमा भैंसी चराउन गएकी थिइन्। त्यसबेला भैंसी एक्कासि उम्किएको थियो। भैंसीको डोरी मण्डलको दायाँ हातमा अल्झिएको डिएसपी काफ्लेले बताउनुभयो।
भैंसीले डोरीमा अल्झिएकी मण्डललाई घिसार्दा उनको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको थियो। गम्भीर घाइते भएकी मण्डललाई तत्काल उपचारको लागि स्थानीय मेडिकल चनही लानेक्रममा बाटोमै मृत्यु भएको थियो। शवको पोष्टमार्टमको लागि सिरहा पठाइएको कार्यालयले जनाएको छ। सेतोपाटीबाट