बेनी । म्याग्दी उद्योग वाणिज्य संघ र नवलपुरको देबचुली उद्योग वाणिज्य संघ विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अध्ययन अबलोकन भ्रमणका लागि म्याग्दीको आएको देबचुली उद्योग वाणिज्य र म्याग्दी उद्योग वाणिज्य बिच शनिबार बेनीमा एक कार्यक्रमका विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कुबिरकुमार श्रेष्ठले निजि क्षेत्रप्रति अनुदार देखिएको बताउनुभयो । उद्योगी व्यबसायीले राज्यलाई कर तिरेर आफ्नो कर्तव्य पुरा गरिरहेको बताउदै संकटको समयमा सरकारले बेवास्ता गरेको बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश सदस्य धर्मराज बस्याल,म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष जिबनकुमार बिश्वकर्मा , देबचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा र म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बोल्नुभएको थियो ।
प्रथम उपाध्यक्ष शाक्यले म्याग्दीको जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न उद्योगी ब्यवसायीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रथम उपाध्यक्ष राजेश शाक्यले देबचुली उवासंघका अध्यक्ष सापकोटालाई स्मारिका र मायाको चिनो प्रदान गर्नुभएको थियो भने अध्यक्ष सापकोटाले उवासंघको क्यालेन्डर हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रमको सञ्चालन महासचिव अमित बानियाँले गर्नुभएको थियो ।