प्रदेशसभाका ३ कर्मचारीमा कोरोना, प्रदेशसभाको बैठक स्थगित

धनुषा । प्रदेश नम्बर २ मा प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभाको बस्ने भनिएको आजको बैठक स्थगित गरिएको छ । मंगलबार बस्ने तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

प्रदेशसभाका निमित्त सचिव रञ्जितकुमार यादवले कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि स्वाब परीक्षण गराउँदा प्रदेशसभाका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार दिउँसो प्रदेशसभाका सम्पूर्ण कर्मचारीसहित सभामुख सरोजकुमार यादव गरी ६५ जनाको स्वाब परिक्षण गरिएको थियो । सम्भवतः आज रिपोर्ट आउने प्रदेशसभा सचिवालयले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार