काठमाडौं ।नेपालमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्ढै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप चार हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार ६ सय ७२ नमूनाको पिसिआर परीक्षण र १ हजार ९ जनाको एन्टिजेन परीक्षण भएको थियो।
त्यसमध्ये पिसिआर विधिबाट ४ हजार ३ सय ६४ जना र एन्टिजेन विधिबाट १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।देशभर सक्रिय संक्रमित संख्या २६ हजार २ सय २५ रहेको छ।कोरोनाबाट निको हुनेको दर ९०.५ प्रतिशत छ।पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१९४ पुगेको छ।
योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ७ हजार ९ सय २५ पुगेको छ।गत २४ घण्टामा ५५५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७८ हजार ५०६ पुगेको मन्त्रालयले जनाएको छ।