जनमोर्चाका सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खीमबिक्रम शाही हराएपछि गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।हराएका सांसद शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिगएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराउनुभएको छ।

सांसद थापाले दर्ता गरेको निवेदनमा शाहीको अवस्था अज्ञात रहेको र निजको जिवन रक्षा गरिदिनका लागि समेत माग गरिएको छ ।यता दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको अरोप एमालेले लगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार