काठमाडौँ । २४ घण्टामा देशभर ४ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ९५५ एन्टिजेन परीक्षणमा १२३ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ४ हजार ८९७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७७३ जना डिस्चार्ज भएका छन् । यसैगरी नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ३० हजार २०९ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।