कास्की । कास्कीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।पोखरा महानगरपालिका–१४ का ४३ वर्षीय पुरुषको मेडिप्लस अस्पतालमा बुधबार बेलुका ७:३० बजे मृत्यु भएको हो । उलाई ७ गते वैशाख नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरा महानगरपालिका–७का ८९ वर्षीया महिलाको होम आइशोलेशनमा निधन भएको हो । उनमा ८ गते वैशाखमै कोरोना संक्रमण पुष्टि भएको थियो ।