सांसद राजीव गुरुङ बने मन्त्री 

पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री मण्डल विस्तार गर्नुभएको छ ।  मुख्यमन्त्रीका प्रेस संयोजक बिक्रम न्यौपानेका अनुसार स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री हुनुभएको हो ।

मनाङबाट निर्वाचित सांसद गुरुङलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ । अहिले यो मन्त्रालय सामाजिक विकास मन्त्रालय मातहत छ । सरकारले योसँगै मन्त्रालय समेत फुटाउने भएको छ ।

मन्त्री बन्नुभएका सांसद गुरुङको आजै साँझ सवा ४ बजे शपथ हुँदैछ । मन्त्रीमण्डल विस्तारको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार