काठमाडौं । खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ । बिहीबार स्वाबको नमुना परीक्षण गर्दा उहाँमा संक्रमण पुष्टि भएको हो ।
‘शुक्रबार बिहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । थापाको स्वास्थ्य सामान्य रहेको र उहाँ निवासमै आराम गरिरहेको उहाँको सचिवालयले जनाएको छ ।
चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उहाँको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । नागरिक खबरबाट