हिमाल सफा गर्दा १५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकप्टर र दुई शव फेला

काठमाडौं । हिमाल सरसफाइ गर्ने क्रममा धौलागिरि आधार शिविर नजिक एउटा हेलिकप्टरको अवशेष भेटिएको छ । बुधबार नेपाली सेनाको टोलीले दुई वटा शव र हेलिकप्टर भेटाएको हो ।सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले हिमाल सफाइमा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको बताउनुभयो ।

नेपाली सेनाको नेतृत्वमा भइरहेको सफा हिमाल अभियान २०२१ चलिरहेको छ । सन् २००६ मा दुर्घटना भएको एअर डाइनेस्टी हेलिकप्टरको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको पनि सेनाले जनाएको छ ।

यस्तै धौलागिरि आधार शिविर नजिकै हिमालमा प्रयोग हुने सामग्रीसहित दुई वटा मानव शवको अवशेष पनि भेटिएको र शव पहिचानको काम भइरहेको सेनाले जनाएको छ । सगरमाथासहित ६ वटा हिमाल सरसफाइका लागि सुरु भएको अभियानअन्तर्गत अहिलेसम्म कुहिने र नकुहिने गरी पाँच हजार एक सय ५४ किलो फोहर सङ्कलन गरिसकेको सेनाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार