धादिङ । धादिङ अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम बिकका अनुसार शुक्रबार स्वाब संकलन गरी परीक्षणका लागि पठाईएकोमा १० जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजिटिभ आएको हो ।
स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण देखिएपनि स्वास्थ्य मापदण्ड पूरा गरेर सबै सेवाहरु प्रवाह गरिरहेको बताइएको छ । योसँगै धादिङ अस्पतालमा कोरोना संक्रमित हुनेको संख्या १३ जना पुगेको छ । नागरिक खबरबाट