
म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दीले सञ्चारकर्मी तथा पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । म्याग्दी घर भई हाल कास्कीको पोखरा स्थित फेवासिटी अस्पतालमा कार्यरहत डा. दिवस कटुवालको सहयोगमा जिल्लामा पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाको दोस्रो लहरको जोखिम बढ्ढै गएकोले फिल्डमा खटिने पत्रकारलाई स्वाथ्य सामाग्री वितरण गरिएको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।
उहाँले कोरोना कारण समस्या परेका पत्रकारहरुलाई राहतको व्यवस्थापनका लागि पहल गरिने उद्घोष समेत व्यक्त गर्नुभयो । सो स्वास्थ्य सामाग्री अध्यक्ष पौडेल,निवर्तमान अध्यक्ष तारानाथ शर्मा र उपाध्यक्ष हरिकृष्ण गौतमले वितरण गर्नुभएको थियो ।