
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार समसामयिक राजनीतिक सन्दर्भमा र १४ औं महाधिवेशनबारे छलफल हुने छ । आइतबार लुम्बिनीमा भएको घटना, विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि काँग्रेस सभापति देउवाले छलफल गर्न खोजेको बुझिएको छ ।
आजको बैठकमा पदाधिकारीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई मात्र आमन्त्रण गरिएको छ । यस्तै देउवाले काँग्रेस संसदीय दलका पदाधिकारीलाई पनि बैठकमा बोलाउनुभएको छ । रातोपाटीबाट