सुर्खेत । दाङको लमहीबाट जुम्ला जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ। गए राति साढे ८ बजेतिर कर्णाली राजमार्गअन्तर्गत दैलेख र कालिकोटको सिमानामा पर्ने आठवीस नगरपालिका–४ कोटेसल्ला भन्ने ठाउँबाट टिपर नदीमा खसेको हो।
बा ५ ख २१८३ नम्बरको टिपर नदीमा डुबेकोले उद्धारमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताउनुभयो।
प्रहरीसँग भएको इन्ट्रीअनुसार टिपर चालक रामशरण सुनार हुन्। प्रहरी घटनास्थल पुगिसकेका छन्। मानवीय क्षति भयो कि भएन भन्ने खुलेको छैन। टिपरमा कति जना सवार थिए पनि खुलेको छैन। सेतोपाटीबाट