काठमाडौं । कोभिड—१९ भइ अस्पताल भर्ना भएका बिरामीलाई रेम्डेसिभिर औषधिको आवश्यकता परेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयर सम्र्पक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
कोभिड—१९ को उपचारका लागि हालसम्म कुनैपनि औषधि प्रमाणित नभएको समेत स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । औषधि आयातकर्ताबाट रेम्डेसिभिर प्राप्त गर्नका लागि कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन सहित औषधि लिन जाने व्यक्तिको परिचय पत्रको प्रमाण सहित सम्र्पक गर्नुपर्ने हुन्छ ।
प्रति भाइल चार हजार ९ सय रुपैयाँका दरले खरिद गर्न सकिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
रेम्डेसिभिर औषधि खरिद गर्नका लागि यी नम्बरमा सम्पर्क गर्नुहोस् :
डा. अबुल अन्सारी —९८००५५५९१०,
सुवास —९८१०१९४४१६
डा. बिमल— ९८४१५०६३७०
कमल —९८५११२४६३९, ९८५११२४६३९ नम्बर सम्र्पक गर्न स्वास्थ्य मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ । रातोपाटीबाट