खोटाङबाट अवैध हतियारसहित चारजना पक्राउ

काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी धुस्रेनीबाट विभिन्न अवैध हातहतियार तथा सामानसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय डम्बरबहादुर कार्की, उनका भाइहरु ३५ वर्षीय द्रोणकुमार कार्की तथा २६ वर्षीय रविन्द्र कार्की र ७४ वर्षीय कृष्णबहादुर विक रहेका छन् ।

उनीहरुको साथबाट ३ थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने फलामको छर्रा, सोडा, गन्धक, जंगली जनावर मृगको टाउको, सालकको खबेटा र अन्य औजारसमेत प्रहरीले बरामद गरेको छ ।

गोप्य सूचनाको आधारमा शनिबार साँझ खटिएको टोलीले उनीहरुको घर तलासी गर्दा उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार