भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

काठमाडौं । सरकारले माग गरेको ६ सय ६० जना भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ ।

भन्सार विभागले चैत १६ गते भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेर निवेदन संकलन पनि गरिसकेको छ। तर कोरोना महामारीका कारण परीक्षा स्थगित भएको भन्सार विभागले सूचना जारी गरेर जानकारी दिएको हो।

परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको विभागले जनाएको छ ।विभागले परीक्षा हुनु भन्दा कम्तीमा १५ दिन अगाडी सूचना गोरखापत्र दैनिक र विभागको वेबसाइटमा प्रकाशन गर्ने जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार