
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ । सभापति शेर बहादुर देउवाले आफ्नो निवास बूढानिलकण्ठमा बैठक राखेका हुन् । संसद् विघटन, विपक्षी गठबन्धनको रणनीति, अदालती प्रक्रिया र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल भइरहेको जनाइएको छ ।
संसद् विघटनलगायत घटनाक्रमपछि कांग्रेस सभापति देउवाको सक्रियता बढेको छ । देउवाले मंगलबार विपक्षी गठबन्धनका शीर्ष नेताहरुसित नयाँ बानेश्वरमा छलफल गरेका थिए ।
आफूलाई बहुमत हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको विरोधमा देउवाले १ सय ४६ सांसद्सहित सर्वोच्चमा रिट दिएका छन् ।अब कसरी अगाडि बढ्ने र १४औँ महाधिवेशन तयारीबारे आवश्यम रणनीति तय गर्न आज देउवाले पदाधिकारी बैठक राखेका हुन् । नागरिक खबरबाट