
काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण मागेको छ ।
सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई स्पष्टीकरण मागिएको छ ।
यसअघि एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो भने मन्त्रीबाट फिर्ता आउन नेताहरुलाई निर्देशन समेत दिएको थियो । नागरिक खबरबाट