राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डे निर्वाचित

दाङ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्नुभएको हो ।

यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित भएका थिए । एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई काँग्रेस माओवादीसहितको गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटाले पराजित गर्नुभएको थियो । यससँगै उप निर्वाचनबाट एमालेलाई नराम्ररी झट्का लागेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार