बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका–५ शान्तिपुरकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको मृत्यु भएको हो ।

थापालाई सोमवार दिउँसो मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल–भारत सीमा नजिकैको सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो ।

डिभिजन वन र प्रहरीको टोलीले घटनास्थलबाट मृतक महिलाको शव फेला पारेको प्रहरीले जनाएको छ। दिउँसै बाघको आक्रमणबाट महिलाको ज्यान गएपछि मधुवन क्षेत्रका स्थानीय त्रसित बनेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार