बेनी । म्याग्दीमा विहिबार थप ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ३७ जना, र जलजला गाउँपालिकामा १ जना गरी ३८ जना पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाका २ जना, रघुगंगा गाउँपालिकामा ४ जना र बेनी नगरपालिकाका २ गरी ८ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।
यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २०३० जना पुगेको छ । संक्रमित मध्य पिसिआरबाट १५२२ जना र एन्टिजेनबाट ५०८ जना पहिचान भएका हुन्। जिल्लामा सक्रिय संक्रमित संख्या २५५ जना रहेका छ। आज ४० जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् । अझै २२ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।