हुम्लामा शिक्षकद्धारा स्वास्थ्य संयोजक कुटपिट

हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा होम आइसोलेशनमा रहेका कोरोना संक्रमित श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै एक शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हातपात गरेका छन् ।

संक्रमित महिला होम आइसोलेसनमा बसेकी र दैनिक बिरामी भेट्न नआएको भन्दै गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अम्रित रोकायाले हातपात गरेका हुन् । दिनहुँ उपचार गर्न किन नआएको भन्दै आफूमाथि शिक्षक रोकायाले हातपात गरेको संयोजक बुढाले बताउनुभयो ।

सम्बन्धित घटनास्थलमा प्रहरी चौकीको टोली पुगेर छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । घटनाबारे जानकारी आएको र प्रहरीले सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाइने प्रजिअ आचार्यले जानकारी दिनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार