बाँकेमा थप ४ संक्रमितको मृत्यु

काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका-९ का ६० वर्षीय पुरुषको आइतबार कोहलपुर मेडिकलमा, दाङको बगलाचुली गाउँपालिका-३का ५२ वर्षीय पुरुषको आइतबार करिब ८ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ का ६३ वर्षीय पुरुषको आइतबार साढे ८ बजे भेरी अस्पतालमा र सल्यानको शारदा नगरपालिका-१३ का ५५ वर्षीय पुरुषको सोमबार बिहान मेडिकल कलेजमा ७ बजे मृत्यु भएको हो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार