मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभामा भएको मतदानमा एमालेको माधव कुमार नेपाल समूहले समर्थन गरेपछि भट्टको सरकार जोगिएको हो ।

मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ मतमात्रै पर्यो । ओली पक्षका ७ र जनता समाजवादी पार्टीका २ जनाले सरकारको विपक्षमा भोट हालेका थिए । १२ जना प्रदेशसभा सदस्य रहेको कांग्रेस तटस्थ बसेको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार