
काठमाडौं । सरकारको पहलबाट हालै चीन र बंगलादेशबाट भारतको कोलकत्तामा ६५ हजार मेट्रिक टन मल आइपुगेको छ । बंगलादेशबाट साढे १९ हजार मेट्रिक टन र चीनबाट ३० हजार मेट्रिक टन मल रहेको हो ।
अहिले सरकारसँग ९० हजार मेट्रिक टन रासयनिक मल मौजाद रहेको कृषि मन्त्रालयले जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार बंगलादेश सरकारसँग गत वर्ष नै सम्झौता भएर अहिलेसम्म नेपाल नआइसकेको १५ हजार मेट्रिक टन मल पनि चाँडै नै आउन लागेको हो ।
मन्त्रालयका प्रवक्त डा. श्रीराम घिमिरेका अनुसार बाली लगाउने समयमा रसायनिक मलको अभावलाई मध्यनजर गर्दै यसपाली अभाव हुन नदिनका लागि कृषि मन्त्रालय र कृषि सामग्री कम्पनी समय अगावै लागि परेको हो ।
सरकारले वर्षेनी रासयनिक मलको अभाव खेप्नु पर्ने भएकाले गत चैतमा रासयनिक मल कारखाना बनाउने मन्त्रिपरिषद्ले निणर्य नै गरेको छ । मल कारखाना बनाउनका लागि तत्कालीन कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्या कुमारी अर्यालले कारखाना बनाउनका लागि प्रस्ताव गरेकी थिइन् ।
अहिले नेपालमा करिब १४.८ लाख हेक्टरमा खेती गरिने गरिएको छ । सरकारले चालु आवमा ५६ लाख टन धान फलाएको छ र आगामी वर्षमा ५८ लाख टन धान फलाउने योजनामा कृषि मन्त्रालय रहेको छ । nagarikkhabarबाट