काठमाडौं । आफन्तसँगै पोखरीमा नुहाउन गएकी पाँच वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ।महादेवा गाउँपालिका-२ मण्डल टोलकी अपेक्षाकुमारी मण्डलको सोमबार साँझ मृत्यु भएको हो।
घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेपछि आफन्तले उद्धार गरी उनलाई गजेन्द्रनारायण सिंह अस्पताल लगेका थिए।अस्पताल पुर्याउन नपाउँदै बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सेतोपाटीबाट


























