अपाङ्गता भएकी युवतीलाई जबरजस्ती करणीको अभियोगमा फरार प्रतिवादी पक्राउ

कञ्चनपुर । जबरजस्ती करणीका फरार प्रतिवादी वेदकोट नगरपालिका–५ का २० वर्षीय सिप्पु खुनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बहेला सामुदायिक वनमा शारीरिक अपाङ्गता भएकी युवतीलाई जबरजस्ती करणी गरी खुना बिहीबार फरार भएका थिए ।

खुनालाई ओझाखाली वनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।सोही घटनामा संलग्न अर्का धनबहादुर विकलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार