देशभर थप २७६८ जनामा कोरोना संक्रमण , ४४ को मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ६९ आरटी पिसिआर र ५ हजार ४ सय ६८ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ७ सय ६८ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म देशभर संक्रमितको संख्या पिसिआर परीक्षण गरिएकामध्ये ६ लाख १७ हजार ९४७ जना र एन्टिजेन परीक्षणमध्ये २४ हजार ८६१ जना छन । संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ८ सय ७२ जना र भेन्टिलेटरमा २ सय ४६ जना उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ४४ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ४१ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ४ हजार २० जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४९ हजार ६ सय ८२ रहेको छ । हाल कोरोना निको हुने दर ८९ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार