पूर्वमन्त्री शेरबहादुर तामाङद्धारा १९ दिने कामको फेहरिस्त सार्वजनिक

काठमाडौँ । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् । १९ दिन पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेका तामाङ सहित अन्य २० मन्त्रीलाई मंगलबार सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।

मन्त्री तामाङले १९ दिनमा कोरोना नियन्त्रणका लागि आफूले इमान्दार प्रयत्न गरेको उल्लेख गरेका छन् । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको उनको दावी छ ।

उनले पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नागरिकको जीवन माथी नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी पनि आफूले लिने बताएका छन् । उनले भनेका छन्–‘राजनितिको खेलमा नेपाली नागरिकको जीवनमाथि खोलवाड गर्ने छुट कसैलाई छैन ।’यस्तै सबै नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरुवात गरेको मन्त्री तामाङको दावी छ ।

उनले सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुविधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रकृयाको आरम्भ भएको र गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको जानकारी गराएका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार