संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा शुक्रबार पनि सुनुवाइ जारी छ । इजलासले रिट निवेदकका लागि बहस गर्न निर्धारित समयमध्ये ४ घण्टा ४५ मिनेट बाँकी छ । शुक्रबार सोही बाँकी समयभित्र रिट निवेदकका पक्षबाट कानुन व्यवसायीले बहस गर्दैछन् ।

शुक्रबार सुरुवातमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बहस थालेका छन् । उनलाई २० मिनेटको समय दिइएको छ । काँग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदको तर्फबाट अर्यालले बहस सुरु गरेका हुन् । बिहीबार वरिष्ठ अधिवक्ताहरू रमन कुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेश कुमार सिंह, हरि उप्रेती, शेरबहादुर केसी, बोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका थिए ।

प्रतिनिधिसभा विघटन विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाई गर्ने बेञ्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार