दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । यो निर्णय दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत कन्स्टिट्यूशनल कोर्टको हो ।

कन्स्टिट्यूशनल कोर्टले ज्याकब जुमा अदालतको मानहानीको आरोपमा दोषी पाइएका थिए । वास्तवमा ज्याकब जुमा जब राष्ट्रपति थिए तब भ्रष्टाचारको एक मामिलामा उनी एक अनुसन्धान आयोग समक्ष पेश हुनुपर्ने थियो ।

ज्याकब जुमा कन्स्टिट्युशनल कोर्टले आदेश दिँदा दिँदै पनि यो अनुसन्धान आयोग समक्ष पेश भएका थिएनन् । सन् २०१८ मा ज्याकब जुमाको कार्यकाल समाप्त भएको थियो ।

पदमा रहँदा उनीमाथि भ्रष्टाचारका थुप्रै आरोप लागे । त्यतिबेला केही व्यापारी घरानाले राजनेतासँग साँठगाँठ गरेर निर्णय लिने प्रक्रियालाई प्रभावित गरिरहेको बताइएको थियो ।

यद्यपि, पूर्व राष्ट्रपति एकपटक अनुसन्धान आयोग समक्ष पेश भएका थिए तर पछि उनले यसमा समावेश भएको आरोप अस्वीकार गरेका थिए । अनुसन्धान आयोगका अध्यक्ष जस्टिस रेमन्ड जोंडोले कन्स्टिट्युशनल कोर्टलाई दखल दिनका लागि भनेका थिए । ज्याकब जुमालाई पक्राउ गरियो गरिएन भन्ने कुरा अहिले नै स्पष्ट भइसकेको छैन ।

अर्को एउटा मुद्दामा ज्याकब जुमाले अघिल्लो महिना आफूलाई निर्दोष भनेका थिए । नब्बेको दशकको यो मामिलामा उनीमाथि ५ अर्ब डलरको रक्षा खरिदमा भ्रष्टाचारको आरोप छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार