प्रतिगमनविरुद्ध पाँच विद्यार्थी संगठनले आज देशभर विरोध प्रदर्शन गर्दै

काठमाडौं । प्रतिगमनको विरुद्ध पाँच विद्यार्थी संगठनले आज देशैभर प्रदर्शन गर्दैछ । उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुर सहित देशभरका ७७ वटै जिल्लाका पाँच बिद्यार्थी संगठनका स्थानिय जिल्ला नेतृत्वको सहभागिता र अगुवाईमा विरोध कार्यक्रम गरिने अखिल (क्रान्तिकारी)का प्रवक्ता जीपी मैनालीले जानकारी दिनुभयो ।

मौसमको अनुकुलतालाई मध्यनजर गर्दै बिहान ११ बजेपछिको जुनसुकै समयमा स्थानीय मौसमको अनुकूलताअनुसार कार्यक्रम सम्पन्न हुने र कार्यक्रममा प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्मका विभिन्न कार्यक्रमहरु रहेको मैनालीले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), सुदेश पराजुली नेतृत्वको अनेरास्ववियू ,समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) सहभागी रहनेछन । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार