सरकारको असंवैधानिक कदम विरुद्ध म्याग्दीमा संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन

बेनी । जिल्लामा क्रियाशिल संयुक्त विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विरुद्ध विरोध प्रदर्शन गरेका छन् । जिल्लाको सदरमुकाम बेनी स्थित बिरेन्द्र चोकमा नेपाल विद्यार्थी सँघ, अखिल क्रान्तिकारी, अखिल छैठौँ, नेकपा एमाले पार्टी (माधव नेपाल पक्ष) अनेरास्ववियू ,संघीय समाजवादी विद्यार्थी संगठनले संयक्त रुपमा प्रधानमन्त्री ओली गर्नुभएको प्रतिनिधि सभा लगायत असंवैधानिक कदका विरुद्धमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिनिधि सभा विघटन खारेजी, जनतालाई तत्काल कोरोना विरुद्धको खोपको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधिमा बिभिन्न शैक्षिक संस्थाले लिएको शुल्क फिर्ता गर्नु पर्ने, जातिय विभेद अन्त्य गर्नु पर्ने लगायतका माग राख्दै संयुक्त रुपमा विरोध प्रदर्शन गरिएको नेपाल विद्यार्थी संघ म्याग्दीका सभापति निर्मल खत्रीले जानकारी दिनुभयो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार