बेनी । म्याग्दीमा निषेधाज्ञा उल्लङ्घन सवारी साधन प्रहरीको कारबाहीमा परेका छन् ।जिल्ला प्रहरी कार्यालय म्याग्दीले विहिबार निषेधाज्ञा उल्लङ्घन गर्ने ११ वटा सवारीसाधनलाई कारबाही गरेको हो ।
सदरमुकाम बेनी लगायतका स्थानमा प्रहरीले नियम उल्लङ्घन गरेर चलाउने सवारीसाधन नियन्त्रण लिएर कानुन बमोजिम कारबाही गरेको सुचना अधिकारी प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।