
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस गर्ने वकिल तोकिएका छन् ।
सभामुखको तर्फबाट तोकिएका वकिलहरुमा वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताहरु मेघराज पोखरेल र श्रीकृष्ण सुवेदी रहेका छन् । आज प्रधानमन्त्रीको तर्फबाट बहस सकिएपछि सभामुखका तर्फबाट बहस सुरु हुने छ । नागरिक खबरबाट