संसद् पुनःस्थापना भएपनि सरकार बन्न सक्दैन : वरिष्ठ अधिवक्ता गुरागाईं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभाले नतिजा नदिएपछि जनता निराशा पैदा भएको जिकिर गनर्सभएको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दामा शुक्रबार बहस गर्दै गुरागाईंले प्रतिनिधिसभा पुनःस्थापना भएपनि सरकार बन्न सक्ने अवस्था नरहेको बताउनुभयो । सरकार बनेपनि विश्वासको मत पाउने अवस्था नरहेको जिकिर गर्नुभयो । “सरकार बन्न सक्ने अवस्था छैन । बने पनि विश्वासको मत पाउने अवस्था देखिँदैन । दलभित्र द्वन्द्व छ । सभामुख र दलहरु फरक–फरक अवस्थामा छन्,” उहाँले भन्नुभयो ।

अदालतले पुनःस्थापना गरेको संसद्ले पनि सरकार दिन नसकेको हुनाले दोस्रो पटक विघटनको आवश्यकता परेको उहाँको भनाइ छ । “अविश्वासको प्रस्ताव पनि आउन सकेन, संसद्ले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भएको अवस्था छ,” गुरागाईंले भन्नुभयो ।

संसद् पुनःस्थापना भए राजनीति अस्थिर बन्ने उहाँको भनाइ थियो । उहाँले चुनावबाट नयाँ जनप्रतिनिधि छानिने र देश अग्रगामी कोर्समा जाने बताउनुभयो ।नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार