
बुटवल । लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)को सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा रहेर काम गर्न नसक्ने भन्दै शर्माले राजीनामा दिएका हुन् ।
जसपाका प्रदेशसभा सदस्य समेत रहेका शर्माले शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएका हुन् । उनीसहित जसपाका चार सांसदले समर्थन गरेका कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो । मुख्यमन्त्री पोखरेलले पनि चार सांसदलाई मन्त्री बनाएका थिए । नागरिक खबरबाट