विपक्षी गठबन्धन सम्वद्ध ५ विद्यार्थीद्वारा थप आन्दोलन गर्ने निर्णय

काठमाडौं । विपक्षी गठबन्धन सम्वद्ध ५ विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । विद्यार्थी संगठनहरूको आज बसेको संयुक्त बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार ७७ वटै जिल्लामा मसाल जुलुससहित प्रदर्शन गर्ने निर्णय गरेको हो ।

असार २० गते विद्यार्थी आन्दोलनका पूर्वअध्यक्षहरूसँग प्रतिगमनविरुद्ध अन्तरक्रिया गर्ने निर्णय भएको छ । विद्यार्थी संगठनहरूले असार २१ गते संविधान जोगाउन माइतीघर मण्डलासहित देशभर प्रदर्शन गर्नेसमेत कार्यक्रम तय गरेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार